कपिल नेपाल अष्ट्रेलियाको टप १०० र्मोगेज ब्रोकर

1003
views

कार्तिक, २८ गते । पाल्पाको रिप्दीकोट गाउँपालिका ४ हार्थोकका नेपाल अष्ट्रेलियाको टप १०० होमलोन फाइनान्स व्यवसायीको लिस्टमा ६३ नम्बरमा पर्न सफल भएका छन् ।

अष्ट्रेलियाको MPA Magazine मा वार्षिक रुपमा प्रकाशित हुने अष्ट्रेलियाको टप १०० ब्रोकरमा ६३ नम्बरमा पर्न सफल भएका छन् ।

सन् २०१६ मा ८२ औ नम्बरमा परेर यो लिस्टमा पर्ने पहिलो नेपाली र्मोगेज ब्रोकर बन्न सफल भएका नेपाल २०१७ मा पहिले भन्दा २० औ स्थान माथि आई ६३ नम्बरमा पर्न सफल भएका हुन ।

झण्डै १८ हजारको संख्यामा अष्ट्रेलियन ब्रोकरहरुले आफूले लेखेको लोनको भोल्युमको आधारमा भागलिन पाउने र यसरी भाग लिएका मध्येबाट टप १०० जनाको लिस्ट छानिने गर्दछ ।

बिगत पाँच बर्षमा करिब ५०० भन्दा बढी ग्राहकलाई होमलोन लिन सहयोग गरेका कपिल नेपालले यस्को श्रेय गुणस्तरीय ग्राहक सेवा र ईमान्दारितापुर्वक गरेको कामको प्रतिफल मान्छन् ।