उम्मेदवार लक्षित गरी बम बिस्फोट, सवारीमा क्षति

774
views

बेनी, २८ कार्तिक । म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा मंगलबार दिउँसो माईन बम विष्फोट भएको छ । नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी माइन बम बिस्फोट गराइएको जनाइउको छ ।

रत्नेचौर अर्जम क्षेत्रमा घरदैलो अभियानमा जाँदै गरेको कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी बम बिस्फोट गराइएको हो ।

बम विस्फोटले सवारी साधनका सिसा फुटेको प्रचार टोलीका तरुण दलका सदस्य सुमन श्रेष्ठले जानकारी दिए । विष्फोटले मानविय क्षति भएको छैन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिने म्याग्दीमा सोही समूहले नै विस्फोट गराएको प्रहरीको अनुमान छ । प्रहरीले चारदिन अघि सो समूहका तीन कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।