‘महँगो निर्वाचनले भ्रष्टाचार’

1079
views

काठमाडौं, ३० कार्तिक । देशमा भ्रष्टाचार बढेदा रहेको गुनासो सबैतिर सुनीन्छ । के कारण बढिरहेको छ त ? विज्ञहरु भन्छन, ‘निर्वाचन महँगिदै गएकोले ।’ ‘निर्वाचन लोकतन्त्रको आत्मा हो र यो भ्रष्ट भयो भने राज्यको सबै तहमा भ्रष्टिकरण हुन्छ, ’पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भन्छन, ‘दुर्भाग्यवश हामी कँहा चुनाव निकै महँगो हुदै गईरहेको छ ।


उम्मेवारमा खर्च नगरी चुनावै जित्न सकिन्दैन भन्ने परेको छ भने जितिसकेपछि ऋण तिनै र अर्कोपटक चुनाव लड्न पनि पैसा कमाउनै पर्ने मानसिकता हावी छ जसका कारण भ्रष्टाचार सबै तहमा बढको छ । ’
ट्रान्सपरेन्सी इन्टरनेसनलले चुनाव राजनीतिक र सदाचारबारे बुधबार गरेको गोष्ठीमा कार्यपत्र प्रस्तुत गदै उप्रेतीले प्रजातन्त्र आएयता भएका पाँच आम चुनावमा खर्चको तथ्यांक प्रस्तुत गरेको छ ।
उनका अनुसार यसपटकको चुनावमा ७० अर्ब भन्दा बढी रकम खर्च हुने अनुमान छ । यो आवश्यकता भन्दा निकै बढी भएको उनले बताए । यसअघिको आम निर्वाचन ३ अर्बमा मैले गराएको थिए, उनी भन्छन्, ‘राजनीतिक दल सरकार र उम्मेदवारको खर्च सबै जोड्दा अहिले ७० अर्ब बढी खर्च हुने देखिएको छ । उम्मेदवार देखि मतलदातासम्म किनबेच भइरहेको देखिन्छ । यसले निरन्तर रुपमा भ्रष्टाचार बढाउँछ । आजको कान्तिपुर दैनिकबाट