डा. बाबुरामलाई डा. उपेन्द्र देवकोटाले भने ‘सहपाठीले जस्तो सर्टि्फिकेट बेच्दैनौं’

792
views

राजेन्द्र न्यौपाने
गोरखा, ३०, कार्तिक । गोरखामा जन्मेका उपेन्द्रले बाबुरामसँगै एसएलसी पास गरेर डाक्टरी पढे, उनी कहिलिएका डाक्टर समेत हुन् । पालुङटारमा आयोजित सभामा बोल्दै डा. देवकोटाले गोरखाका कुनै अरु डाक्टरले जसरी आफूहरुले पिएचडीको सर्टि्फिकेट विक्री नगरेको बताएका छन् ।

गोरखामा धेरै डाक्टरहरु जन्मनु भएको छ । पोष्ट ग्राजुयट गरेका विद्यार्थीहरुलाई मैले पढाउँछु, मेरो भाई पिएचडी पछिको कोर्ष अध्ययन गरेर देशमा बसेर काम गरिरहेको छ, हामीले प्रचार गरेका छैनौं । मैले धेरैको मष्तिस्क चिरफार गरेँ । मानिसहरु देखेपछि उनीहरुको अवस्था बारे जानकारी हुन्छ । अव देशमा बामगठबन्धनको विकल्प नभएकोले आफू यहीबाटोमा अगाडि लागेको बताए । आफ्ना कान्छा भाई बाबुराम भन्दा धेरै पढेको उनले बताए ।

राजनीतिशास्त्रमा नेताहरुलाई चार सिद्धान्तले स्थापित गरेको बताए । पहिलो सिद्धान्तको आधारशिला हो, दोश्रो नैतिकताको सिद्धान्त, तेश्रो मार्ग्चित्र र चौंथो सबैसँग समझदारी जुटाउन सक्ने हुनुपर्दछ । तर बाबुराममा कुनैपनि गुण नभएकोले आम गोरखबासी झुक्किएर पनि बाबुरामलाई भोट नदिन यो डाक्टर आग्रह गर्दछ ।

म विरामी जाँचेर गोजिमा पैसा हाल्ने बेला किन यो बाम गठनबन्धनको निर्वाचन प्रचारमा हिँडेको छ ? जसरी विरामीहरुलाई मैले उपचार गरेर ठिक पार्छु त्यसरी नै नेपालको राजनीतिलाई पनि ठिक पार्न लागि परेको हुँु । २०२२ साल देखि विद्यार्थी संगठन सुरु गर्ने गोरखाको पहिलो विद्यार्थी भएको नाताले बाम गठबन्धनलाई सहयोग गर्न म गोरखा आएको हुँ ।

हिजो चिलाउने र कटुसका रुखमुनि बसेर विद्यार्थी संगठन बनाएर लागि परेको डा.देवकोटाले बताए । गोरखामा कम्युनिष्ट आन्दोलनलाई उचाई दिन प्रचण्ड, बाचस्पति, सुरेश वाग्ले, जगत श्रेष्ठ, परशुराम श्रेष्ठ, ओजराज भट्टराई लगायतका नेताहरुको उच्च योगदान रहेको बताए ।