रसुवामा ईन्जिनियर मत माग्दै घरदैलो अभियानमा

1161
views

रसुवा, ३० कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरुल चुनावीसभा र घरदैलो अभियानलाइ तीव्रता दिएका छन् ।

घरदैलो कार्यक्रममा मतदाताहरुले एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा चयन हुने रसुवा जिल्लामा नेपाली काङ्ग्रेस र नयाँ शक्ति पार्टीको लोकतान्त्रिक गठबन्धनका आचार्यको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

रसुवाको इतिहासमै चुनावी मैदानमा सबैभन्दा वढी अध्ययन गरेको इन्जिनियर चुनावी मैदानमा आएपछि जिल्लामा काँग्रेसको पक्षमा चुनावी लहर आएको सो गठवन्धनले दाबी गरेको छ ।

जनताको घर दैलोमा जादा आफुसंंग प्रतिस्पर्धा गरिरहेका विपक्षी पार्टीका उम्मेदवार विचको राजनीतिक योगदान र सामाजिक योगदान विचको फरक छुट्याउदै मतदाताले जितका लागि अग्रीम बधाई दिइसकेको उम्मेदवार आचार्यले बताएका छन् ।

काँग्रेस र नयाँ शक्ति गठवन्धनको पक्षमा अंकगणितिय माहौल मात्र नभइ जनमत आफ्नो पोल्टामा भएको स्थानिय वुद्धिजिवीहरुको भनाई छ ।

लोकतान्त्रिक गठबन्धनले रसुवागढी अन्तराष्ट्रिय नाका व्यवस्थित गराउने, विद्युत् उत्पादनमा जलसम्पदाको यथेष्ट उपभोग गरी दाताको लगानी सुरक्षित पार्ने, युवालाई जलविद्युत् क्षेत्रमा रोजगारी दिलाउने, जलविद्य्तुको आयबाट तामाङ सम्पदामार्ग, लाङटाङ र गणेश हिमाल तथा गोसाइँकुण्ड मार्गमा पर्यटकीय पूर्वाधार बनाउने, प्रत्येक गाउँटोलमा सडक निर्माण गर्ने, वृद्धवृद्धालाई वृद्धभत्ता वृद्धि गर्ने, स्थानीय बासिन्दालाई रोजगारीमा पहिलो प्राथमिकता दिने, जिल्लाभित्रका सबैखाले सांस्कृतिक सम्पदाको संरक्षण गर्ने गराउने जस्ता विविध कार्यसूची राखेको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले बताउनु भयो ।

बाइस सय मेगावाट विद्युत् उत्पादन गर्नेलगायत जिल्लाका समग्र विकास कार्यक्रम द्रुत गतिमा अघि बढाउन र आफु इन्जिनीयर भएकाले गुणस्तरीय विकासका काम गराउन सक्ने हुनाले मतदाताले आफुलाई निर्वाचित गराउने आचार्यको दाबी छ ।

लोकतान्त्रिक गठबन्धनका मोहन आचार्य प्रतिनिधि सभा तर्फ र प्रदेश (क) मा काँग्रेसकै प्रभात लामा र प्रदेश (ख) मा नयाँ शक्तिका पूर्वसभासद् प्रेम तामाङ चुनावी मैदानमा उभिएका छन् ।