अनल गौतमको ‘लभ एट पच्चिस’को लोर्कापण

लेखकको अग्रिम रोयल्टी पचास हजार धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान

848
views

काठमाण्डौ, ३० कार्तिक । साहित्य लेखनमा लामो समयदेखि कलम चलाइरहेका अनल गौतमको उपन्यास ‘लभ एट पच्चिस’ बुधबार राजधानीमा लोर्कापण भएको छ ।

उक्त उपन्यासको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बिष्णुबिभु घिमिरे, प्रा.डा.कृष्ण दाहाल, कलाकार एवं समाजसेवी सिताराम कट्टेलले संयुक्त रुपमा लोर्कापण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बिष्णुबिभु घिमिरेले उपन्यास अत्यन्त सरल एवं उत्कृष्ठ रहेको र पाठकको मन सजिलै तान्न सफल हुनेमा बिश्वास ब्यक्त गरे ।

जयकाली प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको उक्त उपन्यासको अग्रिम रोयल्टी रकम पचास हजार रुपैंया लेखक अनल गौतमले धुर्मुस सुन्तली फाउण्डेशनको लागि संस्थापक सिताराम कट्टेललाई हस्तानतरण गरेका छन् ।

जयकाली प्रकाशनका अध्यक्ष एकराज सापकोटाले आफूले लेखकलाई उपलब्ध गराएको अग्रिम रोयल्टी धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तानतरण गरेकोमा खुशी ब्यक्त गरे ।

शुक्रबार देखि ‘यात्रा–लभ एट पच्चिस’ कार्यक्रम लिएर राजधानीका २५ वटा कलेजमा गएर बिद्यार्थीहरुसँग अन्र्तक्रिया कार्यक्रम गर्ने संयोजक आदर्श प्रधानले बताए । यस उपन्यासको बजार मूल्य ३५० रुपैंया राखिएको छ ।