देशलाइ गरीबिको चक्रबाट बाहिर निकाल्न वामगठबन्धनलाई जिताउ– नेपाल

700
views

काठमाडौँ, ३० गते । (एमाले) नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वाम गठवन्धनले जिते गरीबी हट्ने बताएका छन् ।

नेपालले मुलुकमा सरकारको स्थायित्व कायम गरी देशलाई गरिबीको चक्रबाट बाहिर निकाल्न वाम गठबन्धनलाई जनताले जिताउनुपर्ने बताए ।

नेकपा (एमाले) कागेश्वरी मनहरा नगरपालिका–४ मा आयोजित कार्यकर्ता भेलामा उनले विगतमा सरकारको स्थिरता हुन नसक्दा देशमा पूर्वाधार निर्माण तथा विकासका कार्यले गति लिन नसकेकाले अब गठबन्धनलाई जनताले सहयोग गर्नुपर्ने बताए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता नेपालले मुलुकमा गठबन्धन निर्माण भएपछि नेपाली काँग्रेस अत्तालिएको र गठबन्धनको सरकार निर्माण भएमा अधिनायकवादको उदय हुने भनेर भ्रम फैलाउन लागेकामा त्यस्तो तथ्यहीन तर्कका पछाडि नलाग्न आग्रह गरे ।