देउवालाई ज्योतिषिले सातपटक मन्त्री बन्ने बताएपछि ओलीलाई कडा जवाफ

1165
views

काठमाडौँ, ३० गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुलाई ज्योतिषिले ७ पटक प्रधानमन्त्री बन्छस् भनेको बताएका छन् ।

बिहीबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने ज्योतिषीले मलाई ७ पटकसम्म प्रधानमन्त्री बन्छस् भनेका छन्, चुनावपछि पनि म नै प्रधामन्त्री बन्ने हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको तर्फबाट देउवा अन्तिम प्रधानमन्त्री भनेको विषयलाई कटाक्ष गर्दै देउवाले आफ्नो पार्टीले आगामी चुनावमा बहुमत ल्याउने समेत दावी समेत गरे ।

ओलीको सोही भनाइबारे राखिएको प्रश्नमा देउवाले अब पनि कांग्रेसको बहुमत आउने र आफू नै प्रधानमन्त्री बन्ने दाबी गरेका हुन्। देउवा अहिले चौथो पटक प्रधानमन्त्री बनेका छन् ।