मंसिरपछि स्थिर सरकार र आर्थिक समृद्धिको माहोल- प्रचण्ड

701
views

भैरहवा ३० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७० वर्षपछि मुलुकले स्थिर सरकार पाउन लागेको बताएका छन् । सात दशकयता ५ वर्षसम्म काम गर्ने अवसर कुनै सरकारले नपाएकाले नेपालले आमूल परिवर्तन हुन नसकेको भन्दै मंसिरमा हुने चुनावबाट बामपन्थीको नेतृत्वमा ५ वर्ष टिक्ने सरकार बन्ने प्रचण्डले दाबी गरे ।

राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्रः राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नारा सहित भैरहवाको अञ्चलपुरमा बिहिबारदेखि शुरु चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहका दाहालले अबको गन्तव्य आर्थिक विकास र समृद्धि नै भएको बताए ।

दाहालले लुम्बिनीको वृहत्तर विकास गर्दै पर्यटनका माध्यमबाट जिल्लाको मात्र नभई समग्र देशकै आर्थिक समृद्धिमा योगदान र्पुयाउन सकिने औंल्याए । आफू पहिलोपटक प्रधानमन्त्री हुंदा नै ल्हासादेखि लुम्बिनीसम्म रेल ल्याउने पहल गरेको स्मरण गर्दै दाहालले अब कोरलाबाट पनि रेल आउने बताए ।
दाहालले नेपालले चीन र भारत जस्ता विकसित दुबै मुलुकबाट लाभ लिन सक्नुपर्नेमा पनि जोड दिए । वाम गठवन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका घनश्याम भुसाल र तुल्सी चौधरी तथा माओवादी केन्द्रका विश्वास बराललाई भोट माग्दै जिताउन आग्रह समेत गरे ।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र बनाउन देशभित्रको आन्तरिक उत्पादन बढाउनुपर्नेमा जोड दिए । मेला आयोजक समितिका संयोजक नारायणप्रसाद भण्डारीले स्वदेशी उत्पादनको बजार प्रवद्र्धन, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने, उद्योगीहरुमा प्रतिस्पर्धी क्षमता बृद्धि गर्न प्रेरित गर्ने, रुपन्देहीमा उद्योग, व्यापार, कृषि र पर्यटनको विकास र प्रवद्र्धनमा योगदान र्पुयाउने लक्ष्यसहित मेला आयोजना गरिएको बताए ।

मेला उद्घाटन समारोहमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, मेलाको मुख्य प्रायोजक बोधी रेडसन रिसोर्टका संचालक एवं कांग्रेसका युवा नेता प्रमोद यादव, माओवादी केन्द्रका उम्मेदवार विश्वास बराल, आयोजक संगठनका उपाध्यक्ष गिरिशचन्द्र त्रिपाठी, महासचिव अनिल ज्ञवाली लगायतले बोल्दै स्वदेशी उत्पादनको बजार प्रवद्र्धनमा मेलाले टेवा र्पुयाउने भएकाले मेला अवलोकन गर्न आग्रह गरे ।

मंसिर ११ गतेसम्म संचालन हुने मेला ३ लाख दर्शकले अवलोकन गर्ने र ६० देखि ६५ करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको कोषाध्यक्ष सचिन रोक्काले जानकारी दिए। मेला उद्घाटनअघि भैरहवाको बुद्धचोकबाट बाजागाजा, विभिन्न जनजातिका झाँकी, हात्तीसहित दर्जनौं संघसंस्था सहभागी वृहत औद्योगिक जनचेतर्ना याली निकालिएको थियो ।