पर्वतमा आयोजित विशाल जनसभालाई ओली र प्रचण्डद्वारा संबोधन

काँग्रेसमाथि दया लाग्छ–ओली, मुलुक समाजवाद उन्मुख–प्रचण्ड

1372
views

पर्वत, ३० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई भ्रमको खेती नगर्न आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले काँग्रेसका कार्यकर्ता देख्दा दया जागेको बताउँदै नेपाली काँग्रेसलाई चाहिएको लोकतन्त्र, काँग्रेसले चाहेको समृद्धि, सुशासन स्थायी सरकार पछि एमालेले दिने पनि बताउनुभयो । अध्यक्ष ओलीले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को संयुक्त वाम गठवन्धनद्वारा पर्वतमा आयोजित विशाल जनसभालाई संवोधन गर्दै ओलीले देशलाई विकासको गतिमा अगाडी बढाउन वाम एकता भएको स्पष्ट पार्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले देश र पर्वतको विकासका लागि मध्य पहाडी राजमार्गको सुरुवात गरेको स्मरण गराउँदै पर्वतको विकासको जिम्मा एमालेको रहेको बताउनुभयो । उहाँले विदेशी उत्पादनमा परनिर्भर अवस्थामा रहेको देशलाइ स्वदेशी उत्पादनको उपयोग गर्नुपर्ने बताउँदै प्रशान्त महासागरको उपयोग गरी नेपाली खानी उत्खनन्, उद्योग कलकारखानाको विकास कम्युनिष्टहरुको नेतृत्वमा गर्ने पनि वताउनुभयो ।

ओलीले कम्युनिष्टहरुको सरकार बन्यो भने महिलाको पूर्ण अधिकार हुने जानकारी दिदैं लोकतन्त्रको रक्षाका लागि कम्युनिष्टहरुले आवश्यकता रहेको औल्याउनुभयो । उहाँले अध्यक्ष ओलीले मुलुकलाई स्थायी सरकार दिनका लागि काँग्रेस र माओवादीलाई मिलाएर चुनावी मैदानमा उत्रिएको बताउँदै मञ्चमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत समेत गर्नुभयो । ओलीले स्थिर सरकार र देशलाई निकास दिन वाम एकता गरिएको उल्लेख गर्नुभयो ।
मुलुक समाजवाद उन्मुख–प्रचण्ड
विशाल आमसभालाइ संवोधन गर्दै नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समाजवाद उन्मुख भएको दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु विभाजित हुँदा प्रतिक्रियावादी शक्तिहरुले खेल्ने अवसर पाएको बताउँदै कम्युनिष्टहरुको एकता मदनभण्डारीको अवसानपूर्व नै थालिएको खुलाउनुभयो ।

अध्यक्ष प्रचण्डले सरकारमा बहुमत र अल्पमतको खेलले कहिले ९ महिनामा त कहिले एकबर्षमा गिर्ने अवस्थाले मुलुकले अस्थिरता भोगिरहेको बेला कम्युनिष्टहरुको एकताले स्थिर सरकार बन्ने दाबी गर्नुभयो ।अध्यक्ष प्रचण्डले लेनिनको भनाई उल्लेख गर्दै नेताहरुले समयमा निर्णय लिने हो भने १०० वर्ष परको चिज १०० वर्ष अगाडी नै प्राप्त हुने र समयमा सहि निर्णय नलिने हो भने १०० बर्ष पछाडी धकेलिने अवस्थालाई मध्यनजर गर्दै मुलुकलाई समाजवादको दिशामा अगाडी बढाउन वाम एकता गरेर आएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले ७० वर्षपछि मुलुकले स्थिर सरकार पाउन लागेको बताउँदै सात दशकयता ५ वर्षसम्म काम गर्ने अवसर कुनै सरकारले नपाएकाले नेपालको आमूल परिवर्तन हुन नसकेको भन्दै मंसिरमा हुने चुनावबाट बामपन्थीको नेतृत्वमा ५ वर्ष टिक्ने स्थायी सरकार बन्ने दाबि गर्नुभयो ।

मुलुकको आर्थिक विकास र समृद्धिसंगै स्थायित्वका लागि नै वाम गठवन्धन भएको भन्दै प्रचण्डले वाम गठवन्धन कसैका विरुद्ध नभएको दोह¥याउँदै भन्नुभयो ’७० सालयता पूरा ५ वर्ष टिकेको सरकारको रेकर्ड छैन ,तसर्थ ५ वर्ष सरकार चलाउने र देशलाई १० बर्षभित्र एशियाली मापदण्डमा पु¥याउने उद्देश्यले वाम गठवन्धन भएकोले विकास र समृद्धि सबै क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन वामपन्थीको जित आवश्यक रहेको बताउनुभयो । उहाँले पर्वतका वाम गठवन्धनका उम्मेदवारलाई अग्रिम बधाई समेत वयक्त गर्नुभयो ।