जोडिए समुदाय

2086
views

सिम्रौनगढ, बारा १ मंसिर । एमाले उम्मेदवार अभ्चुत मैनाली बुधबार बारको सिमावर्ती गाउँ सिम्रौनगढ गोलागन्ज टोलमा घरदैलो गरिरहेका थिए । नेपाली छोटी भन्सार काटेर पुगिने दशगजा छेउकै गाउँमा एमाले माओवादी झन्डा हल्याउँदै ट्रयाक्टर, जिप हुँकिरहेका थिए । भोजपुरी गित घन्काएर लावालस्करसहित तल्लो मधेस छिरेका मैनालीको यो नै घरदैलो सुरुआत थियो ।

‘उत्तर चुरेदेखि दक्षिण सिमासम्म निर्वाचन क्षेत्र छ । कहाँबाट सुरु गर्ने भन्ने नसोची सुदुर दक्षिण तिर आईयो,’बारा १ का उम्मेदवार मैनाली भने, ‘एमाले मधेस विरोधी भन्ने भ्रम फैलाएको छ त्यसमाथि म पहाडी सामुदायको बढ्ता मन जित्नुपर्ने यतै हो । र यो सम्बन्ध सुमधुर बनाउने अवसरसमेत भएकाले मधेसको आँगन सबै भन्दा पहिले रोजेको हुँ । ’

ठीक उल्टो त्यही क्षेत्रमा राजपा उम्मेदवार रामकिशोर यादवले उत्तरमा पर्ने राजगढबाट साताअघि निर्वाचन अभियान थाले । पहाडी सामुदायका दाजुभाई –दिदिबहिनीले मेरो नाम सुन्नुभएको थियो अनुहार देख्नुभएको थिएन । म कस्तो छु , को हुँ भन्ने उहाँहरुमा चासो पाए उनले भने । मलाई एकचोटीलाई विश्वास गर्नुहोस् भनेर उहाँहरुसँग हात जोड्नेछु । उनी बिहिबार कोल्बीमा प्रचारप्रसारमा थिए । त्यो थारु बाहुल्य मिश्रित बसोबास इलाका हो । आजको कान्तिपुर दैनिकबाट