कुंवरलाई रथी दर्जाको दज्र्यानी चिह्न प्रदान

916
views

काठमाण्डौ, १ मंसिर । मन्त्रिपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति हुनुभएका युद्धकार्य महानिर्देशक उपरथी हेमन्तराज कुंवरलाइ दज्र्यानि चिन्ह प्रदान गरिएको छ ।

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहकाबीच कुँवरलाई रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

पदोन्नति हुनुभएका रथी कुंवरलाई नेपाली सेनाको बलाध्यक्षको कार्यालय प्रमुखमा पदस्थापना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बलाध्यक्षको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका रथी पूर्णचन्द्र थापालाई बलाधिकृतको कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।