नेपालद्वारा अफगानिस्तानसामु १०४ रनको लक्ष्य प्रस्तुत

926
views

काठमाडौं, १ मंसिर । मलेसियामा जारी एसीसी यू–१९ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ । अफगानिस्तानका मुजिब उर रहमानले नेपालको ६ विकेट लिएपछि नेपालले २८ ओभरमा सवै विकेट गुमार १०३ रन मात्रै बनाउन सक्यो ।

नेपालका अनिलकुमार साहले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। अर्कातर्फबाट विकेट गईरहँदा एकतर्फबाट अनिलले नेपालको ब्याटिङ सम्हालेका थिए ।

अनिलले ५७ बलको सामना गर्दै ५० रन जोडे। उनको पारीमा ७ चौका र १ छक्का सामेल थिए । त्यसबाहेक अन्य नेपाली ब्याट्सहरुको प्रदर्शन सम्झनलायक रहेन्। ओपनरद्धय जितेन्द्र सिंह (१) र मोहम्मद आसिफ सेख(०)लाई रहमानले छिटै पवेलिएन फर्काए भने कप्तान दीपेन्द्रसिंह ऐरी(६) लाई बोल्ड, रोहितकुमार पौडेल(४) लाई एलबिडब्लुको सिकार बनाए ।

नेपालको स्कोर बढाइरहेका अनिललाई २४ औं ओभरमा रहमानले नै बोल्ड गरेपछि नेपाल दबावमा परेको थियो । रहमानसँगै बंगलादेशका क्युज अहमद कमअलले २ विकेट लिए । मलेसिया स्थित किन्नरा ओभल मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर ब्याटिङको थियो ।

नेपाल समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तान समूह ’बी’ को विजेता हो ।
नेपाल पहिलोचोटी यू–१९ एसियाकपको सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा भारत र मलेसियालाई पराजित गरेको थियो ।