महरा, बर्षमान र ओनसरीलाई लक्षित गर्दै बम प्रहार

766
views

रोल्पा १ मंसिर । नेकपा (माओवादी) केन्द्रका नेता उम्मेदवारमाथी बम प्रहार भएको छ । चुनावी अभियानमा रहेका माओवादी केन्द्रका चार बरिष्ठ नेतामाथि एकैपटक बम प्रहार भएको हो ।

कृष्णबहादुर महरा, बर्षमान पुन (अनन्त), पूर्व सभामुख ओनसरी घर्ति र कूलप्रसाद केसीको टोलीमाथि शुक्रबार बम प्रहार भएको हो । उम्मेदवारमाथि बम प्रहार भएपछि शसस्त्र प्रहरीले सो को जवाफी फायर गरेको छ ।

लिवाङतर्फ आउँदै गरेका माओवादीका बरिष्ठ नेताहरुमाथि बम प्रहार भएको हो । दाङबाट लिवाङ आउँदै गरेका महरा सुलिचौरबाट रोल्पा लिवाङ आउँदै गरेका पुनद्वलार्य लक्षित गर्दै भदौरेमा भिरमाथिबाट बम प्रहार भएको हो । बम प्रहार भएपछि प्रहरीले जवाफमा दुई राउण्ड गोली प्रहार गरेको थियो ।

नेताहरु रोल्पा सदरमुकाम आइसेकेका छन् । सदरमुकाममा महराले आपराधिक समूहले बम प्रहार गरेको प्रतिक्रिया दिएका छन् ।