सिंगापुरद्वारा उत्तर कोरियासँगको व्यापारिक सम्बन्ध विच्छेद

807
views

सिंगापुरले उत्तर कोरियासँगको सम्पूर्ण व्यापारिक सम्बन्ध विच्छेद गरेको छ । अमेरिकाको पहलमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्धको नाकाबन्दीमा कडाइको पहल गरिरहँदा सिंगापुरले गत नोभेम्बर ८ देखि लागु हुने गरी व्यापारिक सम्बन्ध विच्छेद गरेको हो ।

सिंगापुरमा उत्तर कोरिया लैजाने र उत्तर कोरियाबाट ल्याइएको दुवैथरि सामानमाथि प्रतिबन्ध लगाइएको सिंगापुरको भन्सार विभागले जनाएको छ । यो प्रतिबन्धको उल्लंघन गर्नेलाई दुई वर्षसम्मको जेल सजाय र जरिवाना तोकिएको छ । एजेन्सी