गणतन्त्रपछिका तीन निर्वाचनमा पराजित राणा चुनावी प्रतिष्पर्धामा

940
views

सिन्धुपाल्चोक । पशुपतिशम्शेर राणाले गणतन्त्रपछिका तीन निर्वाचनमा सिन्धुपाल्चोकको आफ्नो पकडलाई गुमाए । पञ्चायतकालीन राजनीतिदेखि नै उदायका नेता राणाले गणतन्त्रपछिका तीनवटा निर्वाचनमा पराजय भोगे । २०३८ सालपछि लगातार २०५६ सालसम्म पाँचपटक चुनावमा विजयी भएका राणा सिन्धुपाल्चोकको तामाङ समुदायले पराजय व्योहोर्न वाद्य तुल्याए । अहिले वामगठवन्धन विरुद्ध लोकतान्त्रिक गठवन्धनको सर्मथनमा सिन्धुपाल्चोक–२ बाट चुनावी प्रतिष्पर्धामा छन् ।


पाँच पटकको लगातारको जीतपछि दुई पटक पराजय भोगेपछि राणा सिन्धुपाल्चोकमा चुनाव लड्न फर्किंदैनन् भन्ने आँकलन विपरीत काँग्रेसको समर्थन लिएर पुनः मैदानमा उत्रिएपछि सिन्धुपाल्चोक–२ को चुनाव फेरि रोचक र प्रचारप्रसार रौनकमय बनेका छ ।

वामपन्थी गठबन्धनको मत लोकतान्त्रिक गठबन्धनभन्दा १० हजार बढी रहेको र राणालाई २० हजार मतान्तरले पराजित गर्न सकिने आँकलनमा रहेको वाम गठवन्धनको ह्याट्रिक तोड्न राणलाई हम्मे हम्मे देखिएको चर्चा चल्न थालेको छ ।

सिन्धुपाल्चोक–२ मा स्थानीय तहको चुनावअनुसार पहिलो शक्ति एमाले र तेस्रो शक्ति रहेको माओवादीबीच तालमेल छ । त्यस्तै दोस्रो शक्ति रहेको काँग्रेस र चौथो शक्ति रहेको राप्रपा प्रजातान्त्रिक)को अर्को गठबन्धन छ । स्थानीय तहमा एमालेले २६ हजार ५७०, काँग्रेसले २१ हजार ४८२, माओवादी केन्द्रले १४ हजार २७० र राप्रपाले नौ हजार पाएका थिए । यसरी हेर्दा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा करिब १० हजार मतले अगाडि छ ।

नेता राणा स्थानीय तहको निर्वाचनको मतलाई हेरेर निर्वाचनको आँकलन नहुने दाबी गर्छन् । यसपटक निर्वाचन जितेरै छाड्ने राणाको भनाई छ । राणा वाम गठवन्धनका साझा उम्मेदवार दावा तामाङसँग चुनावी मैदानमा उत्रिएका छन् ।