गुप्तेश्वर गुफामा पुजारीको शंकाष्पद मृत्यु

898
views

पर्वत, ४ मंसिर । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा रहेको प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफाका सहायक पुजारीको शंस्कास्पद मृत्यु भएको छ । जलजला गाउँपालिकाको लेकफाँट घर भएका ५० बर्षिय गिरीधारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार उनको शव गुफा परिसरमा भेटिएको हो ।

शर्माको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घिमिरेले अनुसन्धान पछि मात्रै हत्या, आत्महत्या वा स्वभाविक मृत्यु हो भन्ने बारेमा बताउन सकिने बताए । शबलाई पोष्टमार्टमको तयारी गरिएको छ ।

यसअघि पनि शर्मा गुफामा पुजाआजा र टिकट काट्नका लागि गुफामा जाने गरेका थिए । पछि गुफा व्यवस्थापन समितिले उनको सट्टा अकैलाई राखेपछि विचमा छाडेका थिए । उनलाई एकदिन अघि मात्रै गुफामा पुजाका लागि आग्रह गरेपछि पुजाका लागि गएको परिवारले जनाएको छ ।

शर्मा सहित उनको परिवार सदरमुकाम कुश्मामा डेरा गरी बस्दै आएका थिए । परिवारले उनको मृत्युलाई शंकाको घेरामा राखेको छ । मृतकका कान्छा भाई कमल पौडेलको नाउँबाट किटानी जाहेरी दिने तयारी गरेको पौडेलले बताए ।