आयातमा वृद्धि तर प्रतिदिन ३ अर्ब व्यापारघाटा

864
views

काठमाण्डौ, ४ मंसिर । उपभोगमुखी संस्कृति बढ्दै गएकाले आयातमा उल्लेख वृद्धि भएको तर निर्यात बढाउन नसकेपछि मुलुकको वैदेशिक व्यापारघाटा चुलिदै गएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपालले बढ्दो आयातका कारण प्रतिदिन करिव ३ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४÷ ७५ को पहिलो तीन महिनासम्ममा कुल वस्तु निर्यात ७.९ प्रतिशतले वृद्धि भइ m२० अर्ब ४३ करोड पुगेका छन । तर, उक्त अवधिमा कुल वस्तु आयात १६.ं९ प्रतिशत ले बढेर २ खर्ब ५७ अर्ब ८७ करोड पुगेको छ ।

जसका कारण कुल वस्तु ब्यापार घाटा १७ं.७ प्रतिशतले बढी २ खर्ब ३७ अर्ब ४४ करोड पुगेको छ । असोजमसान्त सम्ममा भारततर्फ ३.२ प्रतिशत चिनतर्फ २७.७ प्रतिशत र अन्य मुलुकतर्फ १३.१ प्रतिशतले निर्यात बढेको तथ्यांक केन्द्रिय बैंकले देखाएको छ भने बस्तुगत आधारमा पशु आहार, धागो, वनस्पति, ध्यू, पिना, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ । तर, जुस अलैचि, जिआई पाइप, उनी, गलैचा , पोलिष्टर धागोलगायतका बस्तुहरुको निर्यात भने घटेको छ । आजको कारोबार दैनिकबाट