प्रचण्ड दम्पती चितवन चुनावी सभामा, मञ्चमै थामिएनन् सीताका आँशु

1064
views

चितवन । पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहाल चितवनको चुनावीसभा तथा स्व प्रकाश दाहालको श्रद्धाञ्जली सभामा सहभागी भएका छन् ।


संयुुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी हुन दाहाल दम्पती चितवन आइपुगेका थिए । उनीहरुका दिवंगत छोरा प्रकाशकी पत्नी बिना पनि सँगै आएकी थिईन् । तर मञ्चमा आमा सिता दाहालका आँशु रोकिएनन् । उनी भक्कानीदै रोईन् । चितवनको बसपार्कमा भएको चुनावीसभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।

मञ्चमा रहेका दाहाल दम्पती निकै भावुक अवस्थामा देखिएका छन् । गत आइतबार हृदयाघातका कारण दाहालका एक मात्र पुत्र प्रकाशको निधन भएको थियो ।  चितवनमा आयोजित सभामा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रचण्डसँग राप्रपा प्रजातन्त्रिकका विक्रम पाण्डे प्रतिस्पर्धा गर्दैछन् ।