कांग्रेसले नेकपालाई प्रश्रय दिएको छः ओली

686
views

दाङ, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो समातेको विप्लव नेतृत्वको माओवादी पार्टीलाई सत्तारुढ कांग्रेसले प्रश्रय दिएको आरोप लगाएका छन् । ‘हिंसाको बाटो समातेको विप्लवको पार्टीलाई पश्रय दिनेगरी कांग्रेस लागिपरेको छ,’ ओलीले दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा भने ‘काँग्रेसको प्रसयले हिंसात्मक बाटो लिइरहेको नेकपाबाट वाम गठवन्धनका उम्मेदवारहरु माथि आक्रमणका श्रृङखलाहरु बढेका छन् ।
नेपाल पत्रकार महासंघ दाङले बिहीबार गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले दाङ जिल्लालाई नेपालकै नमूना जिल्ला बनाउने समेत उद्घोष गरेका छन् ।
उनले ‘६–६ महिनामा सरकार फेरिने प्रवृत्तिको अन्त्य नहुँदा विकास र समृद्धिको बाटोमा जान नसकिएको समेतघ दाबी गरे ।
उनले निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरी देशको विकास र जनताको अधिकारको ग्यारेन्टी गर्ने समेत उल्लेख गरे ।