कतार नाकाबन्दीले हजारौं नेपालीको रोजगारी गुम्यो

753
views

काठमाण्डौ, ८ मंसिर । ६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौं नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा समान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगार गुमेको छ । समयमा तलब भुक्तानी नपाएका सयौं नेपाली काम विहिन भएर बसेका छन ।

आतकंवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई र स्थल नाकाबन्दी गदै आएका छन । यी देशले लगाएको आरोपलाई कतारले प्रतिवाद गरेको छ ।
साउदी अरब, सयुक्त अरब इमिरेट्स (यूएइ) र बहराइनका दर्जन भन्दा बढी ठुला कम्पनी बन्द भैसकेका छन । ती कम्पनीमा कार्यरत नेपाली फर्किसकेका छन ।
क्तारमा रहेका साउदीले अलमराई कम्पनीबाट मात्रै ३ सय भन्दा बढी नेपाली फिर्ता भएसकेका छन । नाकाबन्दी सुरु हुने वित्तिकै हाम्रो काम थप्प भयो । सुरु देखि नै कम्पनीले कामदारलाई नेपाल पठाउन थाल्यो । हामी २० जनालाई एकै लतमा पठायो, ६ वर्षदेखि अलमराईमा कार्यरत धादिङका किशोर ठकुरीले भने, पठाउने बेला हाम्रो तलब सुविधाको हिसाब सबै भुक्तानि भएन । अहिले ३ सय भन्दा बढी आइसकेका छन । आजको कान्तिपुर दैनिकबाट