ठूलो स्वरले चिच्याउने नेतालाई क्यान्सर हुनसक्ने चिकित्सकहरुको भनाई

565
views

काठमाण्डौ, ८ मंसिर । राजनीतिक दलका नेताले चर्को स्वरमा चिल्ला र राम्रा कुरा गरेर मतदातलाई आफ्नो पक्षमा पार्न ठाउँ ठाउँमा भाषण गर्दै आएका छन् । राति अवेरसम्म खुला चौर, काठाभित्रकै सभा सम्मेलन वा बैठकमै किन नहोस्, उनीहरु एकछिन पनि चुप लागेर बस्न सक्तैनन् ।

तर अब भने उनीहरुले केही सचेत हुनुपर्ने बेला आएको छ । चिकित्सकले ठूला स्वरमा कराउनेलाई क्यान्सर सम्म हुनसक्ने औल्याएका छन् ।
मतदाता, कार्यकर्ता, वुद्धिजीवी, भातृ, जनवर्गिय, महिला, विद्यार्थी संगठनलगायतलाई सम्बोधन गर्नु, निर्देशन दिनु वा भाषण गर्नु राजनीतिक दलका नेताको विशेषता नै हो । अन्य समय चर्को स्वरमा भाषण नगरे पनि चिसो र खुला चौर वा मैदानमा सयौं कार्यकर्ता र सर्वसाधारणको कानसम्म आफ्नो विचार पु¥याउन उनीहरु नाभिदेखिको बल निकालेर कराउने गर्छन । यस्तो बलपूर्वक गरिने भाषण खराब हुने चिकित्सकको निष्कर्ष छ ।
बल गरेर, कनेर वा घोक्रो फुट्ने गरी भाषण गर्दा स्वर नलीमा क्यान्सर हुन सक्ने सम्भावना बढी हुने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसार बराल बताउँछन् । आजको राजधानी दैनिकबाट