जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा शिक्षक पक्राउ

2496
views

मंसिर ८ गते । पर्वतका एकजना शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले विहिवार पक्राउ गरेको छ । जलजला गाउँपालिका–३ माझफाँट जनजागृति प्राविका शिक्षक धनन्जय मल्ललाई गएराती प्रहरीको टोलिले घरबाटै पक्राउ गरेको उनका भाई शंकरजय मल्लले बताएका छन् ।

मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक संगठनमा आवद्ध भएको र आसन्न चुनावलाई असर पार्ने भन्दै गाउँबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले बताए । पक्राउ परेका मल्ललाई केही सार्वजनिक अपराधमा मुद्धा चलाईने पनि घिमिरेले जानकारी गराए बताए ।