सुकुम्बासी भन्छन, बस्तीमा डोजर नचलाउ

694
views

काठमाण्डौ, ९ मंसिर । हिमाल तथा उच्च पहाडी जिल्लामा चुनावको मौन अवधि चलिरहँदा त्रिपुरेश्वरस्थित वंशीघाट सुकुम्बाी बस्तीमा भने चुनावी चहलपहल बाक्लिँदो छ । इतिबेला बस्तीका प्रत्येकजस्तो मतदाताको मोबाइलमा उम्मेदवारका एसएमएस र फोन आइरहेका छन । प्रत्याशीका फोन उठाउँदा स्थायीलाई भ्याइनभ्याई छ । बस्तीकी ललिता तामाङ भन्छन, ‘हाम्रो नम्बर उनीहरुले कसरी पाए, थाहा छैन तर, निरन्तर फोन आइरहेको छ ।’
बस्तीमा २ सय घरधुरी छन । करिब ११ सय मतदाता रहेको तामाङ बताउँछिन ।। अरु बेला कहिल्यै नआउने नेता चुनावको पूर्वसन्ध्यामा हात जोड्दै माइकमा गीत बजाउँदै बस्तीमा घुेमीरहेका छन । यति मात्रै होइन, फोन र एसएमएस पनि पठाइरहेका छन ।
यो क्षेत्रबाट प्रतिनिधिसभाका लागि कांग्रेस नेता प्रकासमान सिंह वाम गठबन्धनबाट अनिल शर्मा विवेकशिल साझा पार्टीबाट रवीन्द्र मिश्र लगायत २२ जना चुनावी मैदानमा छन । तीमध्ये सिंह र मिश्र र शर्माबीच रोचक प्रतिस्पर्धा हुने अनुमान छ । आजको अन्नपूर्ण दैनिकबाट