एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

724
views

झापा, ९ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा एउटा बम विस्फोट भएको छ भने अर्को सुरक्षाकर्मीको घेरामा रहेको जनाइएको छ । झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको गेटमा शनिबार विहान बम विस्फोट भएको हो । पूर्वी गेटमा भएको विस्फोटले मुख्य गेटमा क्षति पुगेको प्रहरीले बताएको छ । यस्तै त्यहिँ नजिकै अर्को विस्फोटक पर्दाथ पनि भेटिएको छ । त्यसलाई सुरक्षाकर्मीले घेराहालेर राखेका छन् । विस्फोटक पदार्थलाई निष्क्रिय पार्नका लागि बम डिस्पोजल टोलीले डिष्पोज गराउने तयारी भएको छ ।