नाम भए भोट हाल्न परिचयपत्र नचाहिने

661
views

काठमाडौं ९ मंसिर । निर्बाचन आयोगले आसन्न प्रदेशसभा तथा प्रतिनिधीसभा निर्बाचनमा मतदाता परिचयपत्र हराएका वा नष्ट भएका मतदातालाई समेत मताधिकारको प्रयोग गर्न दिने भएको छ ।

आयोगले मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र नलिएका, कुनै कारणबंश परिचयपत्र हराएका वा नष्ट भएका मतदाताको मताधिकार सुरक्षित गर्न भन्दै मत हाल्न दिने भएको हो ।

आयोगका प्रबक्ता नवराज ढकालले आयोगले वितरण गरेको फोटोसहितको परिचयपत्र कुनै कारणले हराएको वा नष्ट भएको भए पनि मतदान गर्न दिइने बताए । राजधानी दैनिकबाट