हेम्जा महायज्ञमा ५५ लाख संकलन

814
views

पोखरा, ९ मंसिर । पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालित भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको चौथो दिन ५५ लाख रुपैयाँ संकलन भएको छ ।

अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने र विद्यालयका लागि थप जग्गा खरिद गर्ने उद्धेश्यले गत मंसीर ५ गतेदेखि महायज्ञ संचालन गरिएको थियो ।

महायज्ञमा विद्यालयका शिक्षकद्धय वोधराज भण्डारीले १२ आना ३ पैसा एक दाम र नेत्रपाणी भण्डारीले पाँच आना जग्गा विद्यालयलाई दान गर्नु भएको महायज्ञ आयोजक मूल व्यवस्थापन समितिका संयोजक केशव भण्डारीले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभाकर भण्डारीले पाँचलाख, गुरुयोजना निर्माण समितिका अध्यक्ष तीर्थ लुईटेलले एकलाख १५ हजार पाँचसय ५५, महायज्ञ आयोजक मूल समितिका अध्यक्ष केशव भण्डारीले एकलाख ५१ हजार १११ , सुभाष भण्डारीले एकलाख २५ हजार पाँचसय ५५, नेत्रपाणी भण्डारीले एकलाख ५५ हजार पाँचसय ५५, खगेन्द्रराज पौडेलले एकलाख, एकहजार एकसय ११ सहयोग गर्नुभएको थियो ।

पण्डित दीनवन्धु पोखरेल वाचक र ध्रुवशरण सहवाचक रहनु भएको सो महायज्ञ यही मंसीर १२ गतेसम्म चल्ने छ ।