मेस्सीले जिते गोल्डेन सु अर्वाड

651
views

काठमाडौं, ९ मंसिर । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन(सू अवार्ड जितेका छन् । गत सिजन युरोपियन क्षेत्रको लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाकै खेलाडी लुइस स्वारेजले बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू प्रदान गरेका हुन् ।

मेस्सीले गएको सिजन ला लिगामा ३७ गोल गरेका थिए । यो युरोपका प्रमुख लिगमा कुनै खेलाडीले गत वर्ष गरेको सवार्धिक गोल हो ।

मेस्सीले चौथो पटक गोल्डेन–सू अवार्ड जितेका हुन् । रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले पनि चारपटक नै यो अवार्ड जितिसकेका छन् । अघिल्लो वर्ष भने यो अवार्ड बार्सिलोनाकै लुइस स्वारेजले जितेका थिए ।