मतदाता परिचय बाँड्दाबाँड्दै मतदान स्थलमा विस्फोट

690
views

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा मतदाता परिचयपत्र वितरण भइरहेका बेला बम विस्फोट भएको छ ।
भानु मावि मतदान केन्द्रमा मतदातालाई परिचयपत्र वितरण जारी रहेका बेला शनिबार विस्फोट भएको हो । विस्फोटमा मानवीय क्षति भएको छैन ।
सेना तथा प्रहरीको सुरक्षा कायम रहेका बेला मतदान केन्द्रभित्र कसले विस्फोटक पदार्थ लग्यो खुल्न सकेको छैन ।
मतदान अधिकृत कुवेर नेपालीले यस्तो अवस्थामा निर्वाचन गराउन कठिन हुने भन्दै थप सुरक्षाको प्रत्याभूति गर्न अनुरोध गरेका छन् ।