सिरहामा प्रहरीमाथि गोली हानियो, दुई घाइते, एकको अवस्था गम्भीर

738
views

सिरहा, १० मंसिर । । सिरहाको कल्याणपुर नगरपालिका–५ निर्दनामा गोली चलेको छ । दुई प्रहरीलाई केन्द्रित गरी अज्ञात समूहले गोली प्रहार गरेको छ । कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो ।

प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजन भेटवालले जनाएका छन् । गोली लागेर प्रहरी जवान यादव अवस्था चिन्ताजनक भएको भेटवालले बताए ।

रातो रंगको मोटरसाइकलमा चढेका दुई व्यक्तिले प्रहरी जवान यादव र कुँवरमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्ति फरार भएका छन् ।