गुमायो काँग्रेसले निर्णायक मत,पाङ र पाङराङका काँग्रेस कार्यकर्ताले हाँके वामपन्थीको रथ

2747
views

सन्दिप पाठक
पर्वत, १० मंसिर । पाङ र पाङराङमा नेपाली काँग्रेसलाई ठूलो झड्का लागेको छ । पाङमा नेत्र अधिकारीको पक्षमा जनमत ओईरिए लगत्तै पाङराङका पुराना एवं सक्रिय काँग्रेस कार्यकर्ताहरु वामपन्थीमा ओईरिएपछि काँग्रेसको चुनावी नतिजा प्रभावित पार्ने भएको छ ।

पाङराङ नेपाली काँग्रेसका पुराना नेता राधाकृष्ण पाठक नेतृत्वको नेपाली काँग्रेसका कार्यकर्ताले काँग्रेस छाडेर वामपन्थीमा लागेको घोषणा गरेका छन् । पाङ र पाङराङ नेपाली काँग्रेसको किल्ला हुन् ।

काँग्रेसको चुनावी प्रतिष्पर्धाको निर्णायक स्थान पाङ र पाङराङमा काँग्रेस कार्यकर्ताले छाडेर वाम पन्थिमा लागेपछि प्रतिनीधि सभाका उम्मेदवार अर्जुन प्रसाद जोशी र प्रदेश सभा ‘ख’ केन्द्रका उम्मेदवार राजेन्द्र तिवारी, ‘क’ केन्द्रका उम्मेदवार नवराज गुरुङलाई चुनावी सकस देखिएको छ ।