प्रबासी नेपाली मंच इजरायलद्वारा विरामीलाई २ लाख सहयोग

2147
views

अनिरुद्र सुवेदी
इजरायल, ११ मंसिर । जभउिज्ञप्रबासी नेपाली मंच इजरायलले दुवै मृगौला फेल भएका पुष्कर धिताललाइ २ लाख १२ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । काभ्रे जिल्ला बनेपा नगरपालिका वडान ६ बस्ने राम प्रसाद धितालको छोरा पुष्कर धिताल बिगत पाँचबर्ष देखी दुवै मृगौला फेल (Esrd & Stage Renal Disease) भै मानब प्रत्यारोपण केन्द्रमा मृत्युसँग पौठेजोरी खेलिरहेको थियो ।


धितालको अबस्था अत्यन्तै कमजोर भयकोले हरेक हप्ता दुईपटक डाइलोसीस गर्नुपर्ने आबस्यक सर्जिकल सामान तथा औषधी जुटाउन नसक्ने अबस्था आएको थियो । दुवै मृगौला काम नलाग्ने भएपछि प्रत्यारोपणको बिकल्प नभएका कारण सहयोग जुटाउन लागेको मंचले जनाएको छ ।

उक्त रकम पुष्कर धितालको बुबा राम प्रसाद धिताललाई नगद रू २,१२००० (अक्षरूपि दुईलाख बाह्रहजार) वहाँको घरमा गएर हस्तान्तरण गरेको पनि मंचले जानकारी दिएको छ ।धितालको किड्नी प्रत्यारोपण हुमन अग्र्यान ट्रान्सप्लान्ट भक्तपुरमा सफलतापूर्वक किड्नी प्रत्यारोपण भएको बताइएको छ ।

जसका लागी इजरायलबास सम्पूर्ण सहयोगी मनका धनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई प्रबासी नेपाली मंच इजरायलले धन्यवाद दिएको छ । उक्त सहयोग हस्तान्तरण कार्यमा सहयोगी भूमिका निर्वाह गर्नुहुने समाजसेबी नारायण धिताल तथा कामदार सहयोगी मंच इजरायलका पूर्बअध्यक्ष भूबन कुँबरलाइ हार्दिक आभार व्यक्त गर्दछौ ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा भूबन कुँबरले प्रवासी नेपाली मंच(एमाले), इजरायल परिवारलाई विेशेष धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि मानविय सेवाको कार्यमा अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका थिए ।