उम्मेदवार लक्षित विष्फोटमा गाईबस्तु घाईते

720
views

गाईघाट, उदयपुर । उदयपुरमा उम्मेदवारलाई लक्षित गरि राखिएको विष्फोटमा परी गाईवस्तु घाईते भएका छन् । नेपाली कांग्रेस उदयपुरका उम्मेदवार हिमाल कार्कीको घरलाई केन्द्र विन्दु बनाएर गोठमा राखिएको विष्फोटमा परी गाईवस्तु घाईते भएका हुन् ।

कार्की उदयपुर प्रतिनिधिसभा निर्वचन क्षेत्र १ अन्तर्गत प्रदेससभा २ का उम्मेदवार हुन् । त्रियुगा नगरपालिका–७ भान्टाबारीमा रहेको कार्कीको घरमा शक्तिशाली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

कांग्रेसका उम्मेदवार कार्कीले आफूलाई मार्ने योजनाकासाथ घरमै बम राख्न आएको र राति बुबा उठेको देखेपछि गोठमा फालेर भागेको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि जिल्लाको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका–७ नेपालटार बजारमा बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गरी फर्कदै गर्दा बम विस्फोट गराइएको थियो ।

प्रतिनिधिसभा क्षेत्रनं २ का वामगठबन्धनका उमेदवार शुरेस राई (हिमाल) र सोही क्षेत्रको प्रदेश १ का उम्मेदवार नारायण बुर्जा मगरलाई लक्षित गरी वम विस्फोट गराइएको थियो ।