इङ्लिस प्रिमियर लिगमा आज राति चार खेल हुने

683
views

काठमाडौं, १२, मंसिर । इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति चार खेल हुदै द्धन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले आज वाटफोर्डको सामना गर्दैछ । घरेलु मैदानमा नेपाली सयम अनुसार राति पौने दुई बजे खेल सुरु हुनेछ ।


म्यान्चेस्टर युनाईटेडले गत शनिबार भएको खेलमा ब्राइटनमाथि १÷० को संघर्षपूर्ण जित निकालेको थियो ।
आजै हुने अन्य खेलमा ब्राइटनले क्रिस्टल प्यालेससँग, लेस्टर सिटीले टोटनह्याम हट्सपरसँग तथा वेस्ट ब्रोमले न्युकासल युनाईटेडसँग खेल्नेछन् ।