नुवाकोटमा मतपेटिका सुरक्षित राख्न उम्मेदवार र कार्यकर्ताको ड्युटी

631
views

नुवाकोट, १२, मंसिर । दुई चरणको निर्वाचनका कारण मंसिर १० गते सकिएको नुवाकोटको निर्वाचनको मतपेटिकालाई १० दिनसम्म सुरक्षित राख्न सुरक्षा निकाय र जिल्ला निवार्चन कार्यालयलाई हम्मेहम्मे परेको छ ।


प्रतिनिधि सभाको लागि दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा दुवै क्षेत्रको मतपेटीका फरक फरक स्थानमा राखिएको छ । क्षेत्र १ को मतपेटिका सदरमुकाम विदुरस्थित जिल्ला सहकारी डिभिजन कार्यालयमा र क्षेत्र २ को नजिकैको कोष तथा लेखा नियन्त्रणको कार्यालयमा राखिएको छ ।

मतपेटिका सुरक्षित राख्न हतियार सहित एक प्रहरी जवान राखिएको छ । अर्का घेरामा १५ सशस्त्र र ५ नेपाल प्रहरीका जवानको घेरामा मत पेटिकालाई सुरक्षित गरिएको छ । सुरक्षा निकायका साथै उम्मेदवारका प्रतिनिधि र राजनीतिक दलका नेताहरुले पहरा दिइरहेका छन् ।

सदरमुकाम विदुरमा आइतवार राती नै ल्याइएको मतपेटिकको सुरक्षाका लागि सुरक्षा निकाय जत्तिकै उम्मेदवार र उनीहरुका प्रतिनिधि अग्रसर देखिएका छन् । केठामा सिसी क्यामेर समेत ाखिएको छ । श्रीनाथ गणका प्रमुख सेनानी रोहित गुरुङका अनुसार मतपेटिका राखेको सरकोको वरपरका घरको छतबाट सेनाले सेन्ट्री दिनेदेखि बाटामा रातबिहानै गस्ती पनि निरन्तर गरिरहनेछ ।