सशस्त्रको गोताखरले निकाल्यो शव, त्रिशुलीमा मर्नेको संख्या ७ पुग्यो

750
views

नवदृष्टि डेष्क
काठमाडौँ, १३ । अर्घाखाँची जाँदै गरेको बस बिहान त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ । सशस्त्र प्रहरीको विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट परिचालित गोताखोरले त्रिशुलीबाट एक जनाको शव निकालेको हो ।

गोताखोरले काठमाडौंको मेघा कलेजका विद्यार्थी दीपक पाण्डेको शव निकालिएको सशस्त्र प्रहरीको विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारका एसपी बीरबहादुर श्रेष्ठले भने, ‘अहिलेसम्म मृतकको संख्या सात पुगेको छ ’

अन्य ६ जना मृतको सनाखत नभइसकेको पनि प्रहरीले जनाएको छ पाण्डेको शव ३० फिट तल गहिराईबाट निकालिइएको हो ।

उद्दारमा खटिएको एसपी श्रेष्ठको टोलीले बसबाट उछिट्टिएर नदीमा बग्दै गरेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार गरेको थियो ।

कुरिनटारको पोलिक्लिनिकमा उपचार गराइरहेका उनहरूमध्ये गम्भिर घाइतेलाई थप उपचारका लागि काठमाडौं र भरतपुर पठाइएको छ भने पाँच जना अझै त्यहीं रहेको श्रेष्ठले बताए । काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नं को बस नदीमा खसेको थियो ।