उदयपुरमा बम विष्फोट चार घाईते

761
views

काठमाडौं, १३, मंसिर । उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवार सहित ४ जना घाइते भएका छन् । उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की सख्त घाइते भएका हुन् ।


उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठका अनुसार विस्फोटमा धनमाया धौलाकोटी, राजन कार्की र निरा कटुवाल घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता हुन् ।