नेपालमै ४४ हजार क्षयरोगीका बिरामी

833
views

भक्तपुर १३ मंसिर । । नेपालमा ४४ हजार क्षयरोगीका बिरामी रहेका छन् । ती मध्ये ३२ हजार बिरामी नियमित स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । टिबीका बिरामीको अवस्था पत्ता लगाउन डब्लुएचओले सन् २०१६ का लागि गरेको सर्वेक्षणानुसार ४४ हजार बिरामी हुनसक्ने अनुमान गरिए पनि १२ हजार बिरामी अझै सम्पर्कमा नआएको क्षयरोग केन्द्रका परामर्शदाता छाती विशेषज्ञ डा. नवीनप्रकाश शाहको भनाई छ ।

डब्लुएचओको गत दुई वर्षअघिको तथ्यांकमा प्रत्येक दिन १२० नयाँ रोगी भेटिने गरेको र २० जनाको मृत्यु हुनसक्ने अनुमान छ । नेपालमा जटिल प्रकारको डगेस्ट्रेड टिबीका बिरामी मात्र एक हजार १०० रहेको अनुमान छ । तीमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन् ।

नेपालमा चार हजारभन्दा बढी डट्स सेन्टर रहेको क्षयरोग केन्द्रले जनाएको छ । टिबीका बिरामीको अवस्थानुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरी विधिअनुसार उपचार गरिने डा. शाहले बताउनुभयो ।