उत्तर कोरियासँग सम्बन्ध विच्छेद गर्न अमेरिकाको आग्रह

उत्तर कोरियाद्वारा ’बलिस्टिक क्षेप्यास्त्र प्रहार’

680
views

कैलाली, १४,मंसिर । अमेरिकाले उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न “सबै मुलुकसँग“ आग्रह गरेको छ । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले राष्ट्रपति ट्रम्पले उनका चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न भनेको बताइन् । अमेरिकाले द्वन्द्व नचाहेको तर युद्ध भए उत्तर कोरिया “नराम्ररी ध्वस्त“ हुने उनले बताइन् ।

दुई महिनापछि प्योङयाङले फेरि क्षेप्यास्त्र परिक्षण गरेपछि अमेरिकाको पछिल्लो चेतावनी आएको हो । शंका
उत्तर कोरियाले बुधबार परिक्षण गरेको क्षेप्यास्त्र ४,४७५ किलोमिटर उचाइमा पुगेको बताएको छ । जुन इन्टरन्याशनल स्पेस स्टेशनकोभन्दा दश गुणा माथि हो र त्यसको टुप्पो पृथ्वीको वायुमण्डलमा पुनस् प्रवेश गर्न सक्ने क्षमताको छ ।

उत्तर कोरियाको दावी प्रमाणित भएको छैन र विज्ञहरुले त्यस्तो प्रविधिमा उत्तर कोरियाको दक्षताबारे शंका व्यक्त गरेका छन् । तर उत्तर कोरियाका नेता किम जङ( अनले क्षेप्यास्त्र परिक्षणलाई “त्रुटिरहित“ र “ठूलो उपलब्धि“ भनेका थिए । यो वर्ष भएका कैयौंमध्ये एक यो परिक्षणको अन्तर्रा्ष्ट्रिय समुदायले भर्त्सना गरेको थियो र सुरक्षा परिषदले आपत्कालीन बैठक डाकेको थियो । हेलीले उत्तर कोरियाको कामले उक्त क्षेत्रलाई थप अस्थिर बनाएको बताइन् ।