राष्ट्रपतिलाई आक्रमण गरे जन्मकैद

609
views

काठमाण्डौ, १६ मंसिर । राष्ट्रपतिमाथि आक्रमण गरे जन्मकैद हुने व्यवस्थासहितको मुलुकी ऐन आगामी भदौबाट कार्यान्वयनमा आउने भएको छ । १ सय ४६ वर्षपछि पूर्ण रुपमा प्रतिस्थापन भएको मुलुकी ऐनमा राज्यविरुद्ध कसुर गर्नेलाई ५ वर्ष देखि जन्मकैदसम्मको सजाय निर्धारण गरिएको छ । ज्यान लिने उद्धेश्यले राष्ट्रपतिमाथि आक्रमण गर्ने र गराउने कुनैपनि वयक्तिलाई जन्मकैद सजाय हुने व्यवस्था ऐनमा छ ।

फौजदार कसुर सम्बन्धी प्रचलित कानुनलाई संसोधन र एकिकरण गर्न बनेको ऐनको दफा ५४ को उपदफा ३ मा कसैले नेपालको राष्ट्रपतिको ज्यान लिने उद्योग गरे वा गर्न लगाए जन्मकैद हुने व्यवस्था गरिएको छ ।
सोहि उपदफामा राष्ट्रपतिको अपहरण गर्ने, शरीर बन्धक लिनेलाई भने १५ वर्ष सम्म कैद र एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने सजाय निर्धारण गरिएको छ ।

ऐनको दफा ३३ मा राष्ट्रपति वा सांसदलाई धम्की दिने व्यक्तिहरुलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । आजको नयाँपत्रिका दैनिकबाट