ट्राभल्स ऐजेन्सीको सेटिङमा विमानस्थलबाटै मानव तस्करी

586
views

काठमाण्डौ, १६ मंसिर । पाँचथर हिलेहाङका भूपाल वस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स (युएई) जान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगे । व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए । अध्यागमनले तोकेको सबै कागजपत्र बोकेको थिए । तर, विमानस्थलभित्र अध्यागमन कार्यालयका कर्मचारीले ‘शंकास्पद भ्रमण’ भन्दै उनलाई फर्काइदिए । उनले धेरै आग्रह गरे, तर कर्मचारीले मानेनन् । परिवारसँग बिदा भएर विमानस्थल पुगेका उनी मध्यराति निराश भएर फर्के । त्यसको दुई दिनपछि ५ मंसिरमा फेरि विमानस्थल पुगे । तर, यसपटक अचम्म भयो ।

एयरलाईन्सको काउन्टरमै अध्यागमनका कर्मचारी उनलाई स्वागत गर्न आईपुगे । केही प्रश्नै नसोधी उनको पासपोर्ट ( पासपोर्ट नम्बर ०९४०२७७५) मा डिर्पाचरको छाप लाग्यो । दुई दिनको बीचमा अध्यागमनका कर्मचारीमा उनले चमत्कारिक परिवर्तन देखे । त्यत्तिकै विमानस्थलका कर्मचारीमा परिवर्तन आएको होइन्ु, यसको पछाडि ७० हजार रुपैयाँले काम गरेको थियो ।

युएई जानैपर्ने काम भएकाले उनले ७० हजार रुपैयाँ घुस खुवाएर सेटिङ मिलाएका थिए । त्यहि सेटिङले कर्मचारीमा त्यस्तो चमत्कारिक परिवर्तन ल्याएको हो ।

उनका आफन्तको दुवईको ट्राभल्य ऐजेन्सीसँग चिनजान थियो । आफन्तले त्यहाँ कुरा गरिदिए । ट्राभल्स ऐजेन्सीका संचालकले कुनै चिन्ता लिनु नपर्ने बताउँदै त्यसका लागि ७० हजार खर्च लाग्ने भन्दै गंगवु वसपार्कमा रहेको एउटा ट्राभल्समा पठाएका थिए । त्यहि पुगेपछि उनको दुवई जाने बाटो खुलेको थियो । आजको नयाँपत्रिका दैनिकबाट