८५ प्रतिशत स्थानीय तहमा वाणिज्य बैंकको पहुँच

902
views

काठमाण्डौ, १६, मंसिर । कुल ७ सय ५३ स्थानीय तह मध्ये हालसम्म ६ सय ३३ स्थानमा वाणिज्य बैंक पुगेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । सरकारको सबै स्थानीय निकायमा बाणिज्य बैंक पुर्याउने नीति अनुरुप हालसम्म झण्डै ८५ प्रतिशत स्थानमा बैंकको उपस्थिती पुगेको छ ।

‘पछिल्लो समय स्थानीय तहमा जाने बैंकहरुको आकर्षण एकदमै बढेको छ,’ सेजन डेको अवसरमा बोल्दै उनले भने, ‘केही समयभित्रै समय स्थानमा पुर्याउने छौं ।’ सरकारले बजेट वक्तव्यमार्फत नै देशका सबै स्थानीय तहमा बैंत तथा वित्तीय संस्था पुर्याउने घोषणा गरेको थियो ।

सोही अनुरुप राष्ट्र बैंकले सबै बाणिज्य बैंककलाई सर्कुलर जारी गर्दै आफु जान चाहने स्थानीय तहको सुची पेश गर्न निर्देशन दिएको थियो । बाणिज्य बैंकहरुले पेश गरेको सुची अनुरुप धेरैजसो स्थानीय तहमा बैंक पुगेको गभर्नर नेपालले जानकारी दिए ।

‘अब जम्मा १ सय २० स्थानीय तहमा बैंकको उपस्थिती भएको छैन,’ उनले भने, ‘ती स्थानमा पनि सरकारले तोकेको मिति भित्रै पुर्याउनेछौं ।’