उम्मेदवारलाई तर्साउन बम विष्फोट

707
views

तौलिहवा, १६, मंसिर । कपिलवस्तुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) प्रतिनिधिसभा १ प्रदेसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ ।

वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकमा अज्ञात समूहले दुई पटक सम्म बम विष्फोट गराएको स्थानीयले बताएका छन् । घरमा लक्षित गरी प्रहार गरिएको बमबाट जस्तापातामा प्वाल परेको शिवगुलाम कलवारले बताए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रनाउ प्रल्हाद अधिकारले उम्मेदवारको घरमा विस्फोट गराइएको बम तर्साउनका लागि हुन सक्ने बताए ।

शुक्रबार दिउँसो मात्र शिवराज नगरपालिका ९ भगवानपुरमा नयाँ शक्ति नेपाल पार्टीका प्रतिनिधिसभा ३ का उम्मेदवारलाई लक्षित गरि रिमोट बम प्रहार भएको थियो ।