मुसहर बस्ती रेडियो टिभी र बिजुली नहुँदा चुनावबारे बेखवर

1014
views

सिरहा, १६, मंसिर । सिरहा जिल्लाको नरहा गाउँपालिका–१, मुसहर समुदायमा चुनावी चहलपहल अझै देखिएको छैन ।

आगामी मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोट माग्न मुसहर बस्तीको गाउँमा अहिलेसम्म कुनै पनि दलहरू गएका छैनन् । मुसहर बस्तीमा मतदाता शिक्षाका लागि पनि कोही नआएको मुसहरवासीको भनाई छ ।

मुसहर गाउँमा बिजुली, रेडियो, टिभी पनि छैन हामीलाई चुनाव कहिले हो भन्ने थाहा नै भएन’, नरहा गाउँपालिका की ३५ वर्षीया ज्ञानी सदाले बताईन् । ‘ज्याला मजदुरीमा गुजारा चलाउनुपर्ने बस्तीमा चुनावसम्बन्धी कुनै जानकारी नभएको उनीहरुले बताए ।

मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा मतदाताले भोट हाल्नुपर्ने भए पनि कसरी भोट हाल्ने भन्नेमा उनीहरूमा अन्योल छ ।

सिरहा सदरमुकाम नजिकै रहेको नरहा गाउँपालिकाका १२० घरपरिवार मुसहर बस्ती शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगार र आयआर्जनका अवसरबाट अझै पनि वञ्चित छन् । चुनावका बेला विकासका लहर ल्याउने भने पनि नेताहरू चुनाव जितेपछि गाउँ नै नपस्दा यो बस्तीले विकासको गति लिन नसकेको हो ।

जिल्लाको धोबियाधार, सिरहा नगरपालिका बेलहा नरहा गाउँपालिका, नरहा बलकावा, र कर्जनहा नगरपालिकालगायतका स्थानमा मुसहर समुदायको बस्ती बाक्लोे छ । विसं २०६८ को जनगणनाअनुसार सिरहामा मसहर समुदायका तिसि हजार महिला र २५ हजार पुरुष गरी कूल ५५ हजार जनसंख्या रहेको छ ।