गगनलाई केसीको शुभकामना, अधुरा काम पुरा गर्न जित अनिवार्य

836
views

काठमाडौं – चिकित्सा शिक्षा क्षेत्रमा भएका वेथितिविरुद्धका अभियान्त डा.गोविन्द केसीले गगन थापालाई अधुरा कामहरु पुरा गर्न जित अनिवार्य भएको भन्दै शुभकामना दिएका छन् ।

डा.केसीले तीन करोड नेपालीको हकहितमा बोलिदिने र नीति निर्माण गरिदिने व्यक्ति चुन्न आग्रह गर्दै भिडियो सन्देशमा भने ‘आइ विस हिम बेष्ट अफ लक’ । उनले संसद ऐन बनाउने र नीति बनाउने थलो भएको भन्दै गगन थापाजस्तो मान्छे निर्वाचित भएर आएमा देशलाई अझै अगाडि बढाउन सक्ने र नेतृत्व प्रधान गर्नसक्ने बताएका छन् ।

थापा काठमाडौँ ४ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । उनले सुरुमा आफूले चिकित्सा शिक्षा ऐन बनाउन माग गर्दा कार्यदल बन्न नदिएको, प्रतिवेदन सार्वजनिक हुनै नदिएको र संघर्षकै बलमा प्रतिवेदन अनुसार ऐनका मस्यौदा बनेको बताउँदै ‘अहिले ऐनलाई आउन नदिइ भ्रूर्ण हत्या गर्ने कोसिस भएको समेत खुलाए । ‘ डा केसीले आफुले गरेको अहिलेसम्मको उपलब्धीमा थापाको सराहनीय भूमिका रहेको पनि उललेख गरेका छन् ।
बाँकी काम पूरा गर्ने धोको छः गगन थापा
प्रतिनिधि सभा उमेदवार गगन थापाले चिकित्सा शिक्षा ऐन ल्याउन गरिएका सबै प्रयात्नलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिवद्धता गरेका छन् । निर्वाचनमा जितका लागि शुभकामना दिने डा.केसीले देखाएको विश्वासमा यस्तो प्रतिवद्धता गरेका हुन् ।

डा.केसीको शुभकामनालाई धन्यवाद दिँदै थापाले समाजिक संजालमार्फत् डा.केसी सबै नेपालीको सहज र गुणस्तरीय स्वास्थ्य सेवाको हकलाई सुनिश्चित गराउने आन्दोलनको पर्याय र न्यायपूर्ण समाजको निर्माणका लागि संघर्षरत सबैको प्रेरणाको स्रोत भएको टिप्पणी गरेका छन् ।