अनुदान प्राप्त गाई फर्म बन्द

1004
views

महेन्द्र जिसी
पर्वत, २० मंसिर । आर्थिक वर्ष ०७४÷ ०७५ मा अनुदान लिएर सञ्चालित युवा लक्षीत कार्यक्रम बन्द भएका छन । फलेवास नगरपालिका शंकरपोखरीमा गतवर्ष जिल्ला पशु सेवा कार्यालय मार्फत अनुदान प्राप्त गाई फर्म बन्द भएको हो ।


गत वर्ष अनुदान लिएर सञ्चालनमा रहेको फर्म वर्षदिन नपुग्दै रित्तिएको छ । काम गर्ने युवा भन्दा पनि दलिय आधारमा अनुदान बाँड्दा कार्यक्रम सफल हुन नसकेको हो ।

१० गाई पालेर सञ्चालनमा ल्याइएको उक्त फर्म अहिले रित्तिएको हो । साविकको शंकरपोखरी गाविस–३ मा रहेको सुनगाभा बहुमुखी पशु तथा कृषि फर्म बन्द भएको हो ।

गाई फर्मको गोठ तथा खर्क समेत भत्किएको छ । वेरोजगार युवा लक्षीत कार्यक्रम राजनीतीक दलका नेता कार्यक्रतालाई वितरण गर्दाको यो उदाहरण हो ।

युवा लक्षीत कार्यक्रम युवाहरुलाई भन्दा दलका कार्यक्रतालाई वितरण गर्दा उपलब्ध शुन्य भएको स्थानीयले बताएका छन । सरकारी निकायले पनि दलीय स्वार्थमा अनुदान बाँडदा कार्यक्रमको प्रगती नदेखीने गरेको छ । अनुदान लिनका लागि फर्म दर्ता हुने र अनुदान सकीएपछि फर्म बन्द गर्ने प्रचलन जिल्लामा बढदै गएको छ ।