मोर्चाका तीन कार्यकर्तालाई देजमोले गर्यो कार्वाही

838
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, २० मंसिर । काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले एक वक्तव्य जारी गर्दै संगठनको निर्णय विपरीत कार्य गरेको भन्दै अछाम जिल्लाका शिवसुन्दर शाही र सिन्धुली जिल्लाका शान्तिमान कार्कीलाई मोर्चाको साधारण सदस्यबाट समेत निलम्बन गरेको जनाएका छन् ।

अध्यक्ष गजुरेलले बुधबार वक्तव्य जारी गर्दै संगठनको निर्णय विपरीत काम गरेको भन्दै पाँचथरका उमेश तिमिल्सिनालाई पनि मोर्चाको केन्द्रीय सदस्यबाट निलम्बन गरिएको बताइएको छ । शाही, कार्की र तिमिल्सिनाले मोर्चाको नीति र निर्णय विपरीत आफ्नो उम्मेदवारी फिर्ता लिदै वाम गठबन्धनलाई समर्थन गरेका थिए ।