नेपाली सेना हाईअलर्एटमा छ–नयनराज दाहाल (प्रवक्ता नेपाली सेना)

1427
views

नेपाली सेनाका प्रवक्ता नयनराज दाहालले २१ को निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त, दुरुस्त पारिएकोले सुरक्षाको कुनै चिन्ता नगर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् । प्रवक्ता दाहालले नेपाली सेनाले अन्य सुरक्षा फौजसँग मिलेर आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेको बताएका छन् । सुरक्षामा हामीले सुक्ष्म निगरानी दिईरहेका छौं । कुनैपनि घट्नासँग भयवित भएर निर्वाचनमा नजान कारण नराख्न म आग्रह गर्दछु ।’

भोलि हुने निर्वाचनमा जनताले निर्धक्क भएर मतदान गर्नसक्छन् ?
पक्क्कैपनि सक्नुहुन्छ ।
कसरी सक्नुहुन्छ, आश्वस्त पारिदिनुहोस् त ?
नेपाली सेनाले अन्य सुरक्षा फौजसँग मिलेर आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेको छ । हामी सबै मिलेर सक्रिय भूमिका निर्वाह गरिरहेका छौं । र, अन्य सुरक्षाकर्मीहरुपनि दिनरात खटिनरहनुभएकोछ । सुरक्षामा हामीले सुक्ष्म निगरानी दिईरहेका छौं । कुनैपनि घट्नासँग भयवित भएर निर्वाचनमा नजान कारण नराख्न म आग्रह गर्दछु ।
विभिन्न ठाउँमा बम पड्किएका छन, कसरी निर्धक्क भएर मतदान गर्न सक्छन् ?
केही घट्ना भएका छन् । ती घट्नाबाट त्रसित भएर जनता मतदानमा जान डराउनुहुँदैन, रोक्नुपर्ने अवस्था छैन। जनताको जिउ ज्यानको सुरक्षाको लागि चाहीँ, नेपाली सेना तथा अन्य सुरक्षा फैजा तत्परताका साथ आफ्नो भूमिका निर्वाह गरिरहेको छ । र हामीले विभिन्न किसिमका अपराधिक घट्नामा संलग्न व्यक्तिहरुलाइ पक्राउ गर्न, विस्फोटक पदार्द निस्क्रिय पार्न, र कुनैपनि हुन सक्ने सम्भावित घट्नालाइ रोक्नको लागि आफ्नो फौज स्ट्याण्डबाई राखेका छौं ।
नेपाली सेना कसरी परिचालित भैरहेको छ त ?
हामी मतदान केन्द्रलाई केन्द्रित भएर सबै निर्वाचन क्षेत्रमा तैनाथ छ । पहिलो घेरामा नेपाल प्रहरी हुन्छ, दोस्रो घेरामा सशस्त्र प्रहरी हुन्छ, मतदाताहरुलाई मतदान केन्द्रसम्म जान र फर्किनको लागि एउटा विशेष सुरक्षाको प्रबन्ध गरेको छ । हामी तेस्रो घेरामा रहेर सुरक्षा दिन्छौं ।
जनता अझैपनि आश्वस्त छैनन्, सुरक्षा निकाय चुकेको हो र ?
हामी चुकेका छैनौं । हामी अझैपनि सम्पूर्ण शक्ति प्रयोग गरेर सुरक्षा दिन तयार छ, र दिईरहृेको पनि छौं । मैले यहँलाई के आग्रह गर्न चाहन्छु भने सुरक्षा फौजबाट जतिपनि भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो हामीले दिईरहेका छौं ।
सुरक्षा निकायवीच समन्वय भएको छ त ?
हामीवीच समन्वय भैरहेको छ । हामी सुक्ष्म निगरानीका साथ खटिरहेका छौं । हामीले सुरक्षा दिन्छौं । म ढुक्क हुन आग्रह गर्दछु।
बम विस्फोटन गराउनेहरुलाई खोई त तपाईहरुले पक्राउ गर्न सक्नुभएको ?
नेपाली सेनाले आजको दिनसम्म १ सय ५१ वटा विस्फोटक पर्दाथहरु निस्क्रिय पारेको छ । झण्डै २० विस्फोटक पदार्थसहितका व्यक्तिहरु समातिएका छन् । पक्राउ गरिएको अवस्था छ । केही चाहीँ विस्फोटन भएका छन् । दाङबाहेक अन्यत्र मानवीय क्षति भएको छैन । हामीवीच असल समन्वय भैरहेको छ ।
मतपेटिका लुट्ने वा बुथ कब्जा गर्नेहरुलाई तपाईहरुले कस्तो कारबाही गर्ने तयारी गर्नुभएको छ ?
यस्तो घट्ना हुन गएको खण्डमा हामीलाई तत्काल कारबाही गर्ने अधिकार छ । कुनैपनि आँतकारी गतिविधिलाई नियन्त्रण गर्ने अधिकार छ, हामी स्थिति नियन्त्रणमा लिन्छौं ।
विप्लव समूहले निर्वाचन खारेज गर्न गतिवधि अघि बढाईरहेको छ, तपाई उनीहरुलाई कस्तो कारबाही गर्नुहुन्छ ?
चुनाव विथोल्ने शक्तिरुलाई रोक्नको लागि हामी तत्पर छौं । त्यसको लागि प्रतिकार गर्ने ठाउँमा आवश्यक शक्ति प्रयोग गर्ने ठाउँमा हामी गर्छौं ।
कस्तो किसिमको शक्ति प्रर्दशन गर्न चाहानुहुन्छ ?
बुथ कब्जा गर्ने वा अन्य गलत गतिविधि गर्ने संभावना छैन । अत्यन्तै न्युन रहन्छ । मतदान केन्द्र नजिकै नेपाली सेना रहन्छ । ५ देखि ७ मिनेटमा पुग्नेगरि हामी स्ट्याण्डबाई अवस्थामा हुन्छौं । हामी तेस्रो घेराबाट नै सुरक्षा दिन्छौं । चुनाव विथोल्ने कोही कसैले चेष्टा गर्छ भने हामी कसैलाई छोड्दैनौं ।

धाँधली भयो भने के हुन्छ ? बुथ कब्जा गर्नेहरुलाई कारबाही हुन्छ त ?

प्रमुख जिल्ला अधिकारीले आग्रह गरेको खण्डमा नेपाली सेना भूमिका निर्वाह गर्छ, त्यो स्थिति हामी नियन्त्रणमा लिन्छौं । भयरहित वातावरणमा निर्वाचन गराउन तत्पर छ । रिपोटर्स नेपालमा ऋषि धमलासँगको कुराकानी