राजधानीमा बम विष्फोटनमा संलग्न पक्राउ

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीको दाबी

669
views

काठमाण्डौ । प्रतिनिधि एवम् प्रदेशसभा निर्वाचन बिथोल्ने उद्देश्यले काठमाडौं उपत्यकाका विभिन्न महत्वपूर्ण स्थानमा उम्मेदवारलक्षित विष्फोटन गराउने कार्यमा संलग्न रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू पक्राउ परेका छन् ।

विष्फोटक पदार्थ, विभिन्न हातहतियार र विभिन्न दस्तावेजसहित प्रहरी नियन्त्रणमा परेका नेकपा कार्यकर्तामा २४ वर्षका रवि गोले, ३४ वर्षका सम्पूर्ण मूक्ति भनिने विचारमान तामाङ, ३० वर्षका रोह नेपाली भन्ने महेश नेपाली, ४८ वर्षका विगेश लामा र ३२ वर्षका राजिव तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सर्लाही स्थायी ठेगाना भई हाल लाजिम्पाट बस्दै आएका रवि विप्लवलाई हातहतियार तथा विष्फोटक पदार्थ संकलन, भण्डारण गर्ने र विभिन्न स्थानमा विष्फोटन गराएको र गराउने योजना बनाइरहेको अभियोग लगाइएको छ ।

सिन्धुलीका विचारमान रविमाथि लागेकै अभियोग लगाइएको छ । मकवानपुरका महेश नेपाली विष्फोट गराउने कार्यमा संलग्न रहेको प्रहरीले बताएको छ । काभ्रेका विशेष लामा नेकपाको काठमाडौं जिल्ला सदस्य तथा न्याय विभाग प्रमुख रहेको र नुवाकोटका राजिवलाई दुवैजना विष्फोटक पदार्थ बनाउने प्रशिक्षण प्राप्त गरी उपत्यकामा विष्फोटन गराउने कार्यमा संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।