मुस्ताङका तीनक्षेत्रबाटै बाम उम्मेदवार विजयी

675
views

मुस्ताङ, २२ मंसिर । हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत ल्याएका थिए। यी दुई उम्मेदवार दोश्रो संविधानसभा निर्वाचनमा पनि भिडेका थिए। त्यसबेला प्रेमप्रसाद स्वतन्त्रबाट प्रत्यासी थिए। उनलाई रोमीले ११ मतले पराजित गरेका थिए। प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र क तर्फ लोमान्थाङका इन्द्रधारा विष्ट ११६७ मत ल्याएर विजयी भएका छन्।
उनी एमालेबाट उम्मेदवार भएका हुन्। उनका निकटमक प्रतिबद्वन्द्वी कांग्रेसका मिङकर गुरुङले ६५७ ल्याएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै, प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र खमा वाम गठठबन्धनकै महेन्द्रबहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन्।
उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङधावा गुरुङले २२५९ मत ल्याएका छन्। ९ हजार ४ सय २७ मतदाता रहेको मुस्ताङमा ४६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।